धनगढी ९ मंसिर- कैलालीमा ट्याक्टर सहित ५ गोलिया सालको काठ बरामद गरिएको छ ।
जिल्लाको बर्दागोरिया गाउँपालिका वडा नम्बर ३ बुट्कुवाबाट स्थानीय युवा क्लव र सामुदायिक वनले अवैध काठ सहित ट्याक्टर बरामद गरेका हुन् । से २ त ११८५ नम्बरको ट्रयाक्टरको ट्रली भित्र ढुङ्गाको बिचमा राखेको ५ गोलिया सालको काठ बरामद गरिएको युवा क्लवका अध्यक्ष शीखर वि.कले जानकारी दिए ।
ट्रलीको बीचमा सालको गोलियामाथि ढुङ्गा राखिएको अवस्थामा भेटिएका पाच ५ गोलियाको २८ क्यूफिट काठ सव–डिभिजन वन कार्यालय रामपुरलाई आवस्यक कारबाहीका लागि बुझाइएको उनले बताए । युवा क्लव र नमूना दानुवा फाटा सामुदायिक वन उपभोक्ता समितीले २८ क्यूफिट काठ बरामद गरेका सव–वन डिभिजन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर बोहराले बताए ।