• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

झुलाघाट जीप दुर्घटना अपडेट : ‘जीप स्पिडमा थियो, खसेको पत्तै भएन’

धनगढी, ९ मंसिर/मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटमा भएको जीप दुर्घटना साँघुरो सडक र तीव्र गतिका करणा भएको घाइतेहरूले बताएका छन् । सो जीप दुर्घटनामा पर्दा पाँच जनाको मृत्यु भएको छ । मृतक पाँचै जना भारतबाट पेन्सन बुझेर घर फर्किदै थिए । साथमा रहेका परिवारका पाँच जना सदस्य घाइते भएका छन् । मंगलबार १ः ३० बजे झुलाघटबाट बैतडी सदरमुकाम आउँदै गरेको ना १ ज २१९६ नम्बर जीप बुड्डाको झाल नजिक दुर्घटना भएको हो ।

जीप सडकबाट २५० मिटर तल खसेको छ । जीपमा चालकसहित १० जना सवारी रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ अड्तोलाका ७७ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ बस्कोटका ७२ वर्षीया पार्वतीदेवी चन्द र सोही ठाउँकी ७५ वर्षीया पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ५८ वर्षीय कृष्ण लावड रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी घाइते हुनेमा दशरथचन्द–९ बस्ने वर्ष ४६ का खगेन्द्रप्रसाद जोशी (पिठ्यु, टाउंकोमा चोट) दोगडाकेदार गाउँपालिका– ६ बस्ने वर्ष ५० का कृष्णानन्द भट्ट (टाउको, हात, पिठ्युमा चोट) दशरथचन्द नगरपालिका–२ देहिमाण्डौं बस्ने वर्ष २२ का प्रदीप लावड, दशरथचन्द–५ बस्ने वर्ष ३५ का रवीन्द्र चन्द, जीप चालक दशरथचन्द–४ बस्ने वर्ष ३५ का गोपालसिंह कार्की (टाउकोमा चोट) छन् ।

घाइतेमध्ये अन्य सबैको अवस्था सामान्य रहेको भए पनि जीप चालक कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

पेन्सन लिन आमा र ठूली आमासँगै भारत गएका दशरथचन्द नगरपालिका–५ बस्कोटमा रवीन्द्र चन्दले आमा र ठूली आमा गुमाएका छन् । जीपको गति तीव्र रहेको घाईते उनले बताए । साँघुरो सडक र तीव्र गतिका कारण बैतडीमा पटक पटक कहालीलाग्दा दुर्घटना हुने गरेका छन् । कात्तिक २७ गते राति बैतडीको खोड्पेमा बस दुर्घटनामा परेर नौ जनाको ज्यान गएको थियो भने ३४ जना घाईते भएका थिए ।

 

मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.