धनगढी, ८ मंसिर
धनगढी उप–महानगरपालिका शिक्षा यूवा तथा खेलकुद महाशाखा प्रमुख बिष्णु प्रसाद कोईरालाको सोमबार बिदाई गरिएको छ ।
कोईराला धनगढी उप–महानगरपालिकाबाट सरुवा भएर स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकामा जादैछन् । उप–सचिवतहका कोईरालाले १८ महिना धनगढी उप–महानगरपालिका शिक्षा यूवा तथा खेलकुद महाशाखा सम्हालेका थिए ।
बिदाई कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बिष्णु प्रसाद कोईरालाको काम गर्ने असल शैली उप–महानगरपालिकाका लागि अस्मरणिय हुने बताईन । उप–प्रमुख भट्टले शिक्षा यूवा तथा खेलकुद महाशाखा कोईरालाको आगामी कार्यकाल सफलताको शुभकामना दिईन ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले शिक्षा यूवा तथा खेलकुद महाशाखा कोईराला निकै अनुभवि, अनुशासित र कर्तब्यनिष्ठ कर्मचारी भएको बताए । वहाँ घर नजिकै सरुवा भएर जादै हुनुहुन्छ प्रमुख प्रशासकिय अधिकृत पन्तले भने, त्यहाँको कार्यकाल सफलताको शुभकामना दिन चाहन्छौं । प्रमुख प्रशासकिय अधिकृत पन्तले बिदाई नभएर यसलाई आफुले फेरी भेटौला कार्यक्रम भन्न रुचाउने बताए । शिक्षा यूवा तथा खेलकुद महाशाखा प्रमुख कोईरालाले धनगढी उप–महानगरपालिकाको सुझबुझ नेतृत्व र कर्मचारीहरुको सहयोगले काम गर्न सहज भएको बताए । उनले भने, यहाँ रहदा मैले धेरै राम्रा कुरा सिके । बिदाई कार्यक्रमको संचालन शिक्षा अधिकृत महादेव जोशीले गरेका थिए ।