काठमाडौं, ८ मंसिर/ प्रहरीले पर्सा, विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही गाउँपालिका(३ का ३८ वर्षीय अखिलेशप्रसाद भनिने अशेसरप्रसाद चौरसिया रहेका छन्।
उनलाई प्रहरीले आइतबार वीरगन्ज(२५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।
चौरसियाको हत्या गत कात्तिक ६ गते भएको थियो। त्यसयता अशेसर फरार थिए।
अलौ नेपाल(भारतको दसगजा क्षेत्र हो। उनी त्यहाँ लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली गएको थियो।
विन्दवासिनी(५ मा पार्टीको सपथग्रहणका क्रममा दुई समूहबीच विवाद हुँदा चौरसियालाई बाँसले टाउकोमा प्रहार गरिएको थियो।
उनको उपचारको क्रममा मृत्यु भएको थियो।
सो घटनामा मुख्य तीन आरोपीमध्ये दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।