धनगढी, ७ कार्तिक/राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य मनोज भट्टले गणतन्त्रको बिकल्प राजा नभई राजनितिक पार्टीनै भएको बताए । आइतबार धनगढीमा २२ राजनितिक पार्टीहरुले गरेको प्रर्दशनमा उनले मुन्द्रे र ट्यापेहरुले टिकटक बनाउन जुलुस निकालेको बताए ।
प्रर्दशनमा सम्बोधन गर्दै भट्टले दुई लिटर पेट्रोल हालेर साँझ भोड्का खाएर सडकमा ‘राजा आउ, देश बचाउ’ भन्नेहरुको तागत जनताले माटोमा मिलाइदिने उनले बताए ।
उनले दलहरुको विकल्प जनताले राजा खोज्न थालेको भन्ने भन्दै राजनितिक पार्टी सचेत र जागरुप हुनुपर्ने बताए । भट्ट भने–‘नेकपाको विकल्प राष्ट्रिय जनमोर्चा हुनसक्छ, क्रान्तीकारी माओवादी हुनसक्छ तर राजा कुनै हालतमा हुन सक्दैन ।’
राजा फाल्ने राजनितिक दलहरुले यो देशमा शासन गरिरहेको बताउदै, राजा फाल्न र गणतन्त्र ल्याउन राजनितिक पार्टीहरुले ठुलो संर्घष र बलिदान गरेको उनले बताए ।
‘यदि यो देशमा राजाको शासन भएको भए ज्ञानेन्द्रको छोरो फटाह पारस अहिले राजा हुन्थ्यो उनले भने तर जनताले त्यसो हुन दिएनन्, समयमै राजा फाले ।’