१. अरूची
क) १० ग्राम नून र १० ग्राम ज्वानो सँगै पिँध्ने र यसमा २० ग्राम खुदो मिसाएर पशुलाई दिनहुँ दुई पटक २–३ दिनसम्म खुवाउने
ख) एक चौथाई लिटर मही दिनको दुई पटक २ दिनसम्म खुवाउने ।
ग) ५०० मि.लि. इमिलीको रसमा १० ग्राम सुकेको हर्रो फूलको धूलो मिसाई बनाएको झोल २०० मि.लि. दिनको एक पटक केही दिनसम्म खुवाउने ।
घ) आहारामा परिवर्तन गर्ने ।
२. ज्वरो आएमा
क) १०० ग्राम खुदोमा १० ग्राम चिराइतो मिसाई बाक्लो लेदो बनाई पशुको जिब्रो तथा मुखको माथिल्लो भागमा दिनहुँ दुई पटक लगाउने ।
ख) एक मुठ्ठी हरियो नीमको पातलाई १ लिटर पानीमा १५ मिनेटसम्म उमाली दिनको २ पटक गरेर खुवाउने ।
ग) एक मुठ्ठी इमलीको पात र २५० ग्राम इमली फल आधा बाल्टी पानीमा १५ मिनेटसम्म उमाल्ने र पानीको सट्टामा खान दिने ।
३. रूघाखोकी
क) दुई मुठ्ठी हरियो इमलीको पातलाई १ लिटर पानीमा ५ मिनेटसम्म उमाल्ने र २०० मि.लि. को दरले दिनको ३ पटक ३ दिनसम्म खान दिने ।
ख) ५ ग्राम सुकेको बेसारको टुक्रालाई धूलो पारी त्यसमा थोरै मात्रामा सख्खर मिसाई लेदो पारी दिनको १ पटक केही दिनसम्म दिने ।
ग) फलेदोको ५०० ग्राम हरियो पातलाई पिनेर ३००–४०० मि.लि. पानीमा मिसाएर आधा आधा गरी बिहान, बेलुका गरेर ३ दिनसम्म दिने ।
घ) ५–१० ग्राम सुकेको तुलसीको पातलाई धूलो पारी अलिकति सख्खरमा मिसाई लेदो पारी दिनको २– ३ पटक ३ दिनसम्म खान दिने ।
४. पखाला लागेमा
क) १ लिटर पानीमा १ चिया चम्चा नून र ४ चिया चम्चा चिनी घोलेर तयार पारेको झोल दिनको ३–४ पटक खुवाउने ।
ख) चामलको माडमा १ ग्राम अदुवाको धूलो मिसाएर बिरामी पशुलाई दिनको २ पटक खुवाउने ।
ग) एक मुठ्ठी चियापत्तीलाई १ लिटर पानीमा उमाल्ने, यसलाई छानेर यसमा आधा मुठ्ठी अदुवाको धूलो हाल्ने र यो दिनको ३–४ पटक गरेर बिरामी पशुलाई खुवाउने ।
५. पेट फुलेमा
क) १०० मि.लि. जति तोरीको तेल एकैपटकमा खुवाईदिने ।
ख) एक चम्चा लुगा धुने पाउडरलाई २०० मि.लि. जति पानीमा घोलेर खुवाई दिने । खाने सोडा पनि यसको लागि प्रयोग गर्न सकिन्छ ।
ग) सामान्य किसिमबाट हावा भरिएको छ भने दुई वटा केराको पात टुक्रा पारेर दिनहुँ २–३ पटक २ दिनसम्म खुवाउने ।
घ) पेट साह्रै फुलेको छ भने सफा धारिलो चक्कुले पशुको बाँयापट्टिको भूँडीमा दुलो पारेर सो ठाउँमा कुनै नली राखिदिने ।
६. कब्जियत भएमा
क) पशुले खान सकेजति केराको पात खान दिने ।
ख) ५० देखि १०० ग्राम घिउकुमारकिो पातलाई पिनेर २–३ दिनसम्म खुवाउने ।
ग) यथेष्ट मात्रामा पानी खान दिने ।
घ) तरल पाराफिन, काँचो आलसको तेल दिनहुँ एक पटक १०० मि.लि. जति १ –२ दिनसम्म खुवाउने ।
७. विष खाएमा
क) विष खाएको पशुलाई १ लिटर दूध खुवाई दिने ।
ख) १०० ग्राम म्याग्नेसियम सल्फेट ५०० मि.लि. पानीमा मिसाई खुवाउने ।
ग) विष खाएको पशुलाई १ लिटर पाराफिनको तेल वा काँचो आलसको तेल वा कुनै प्राकृतिक वनस्पति तेल खुवाई दिने ।
घ) २०० ग्राम काठको खरानीको धूलोलाई ८०० मि.लि. पानीमा मिसाई विष खाएको पशुलाई खुवाउने ।
ङ) ४ वटा फुल, २५० ग्राम सख्खर र १०० ग्राम बेसारलाई १०० मि.लि. पानीमा मिसाई तुरून्तै खुवाउने ।
८) आन्तरिक परजीवि
क) लज्जावती झारको सुकेको पात एक भाग र दुई भाग पानी मिसाएर ४० मि.लि. जति खुवाउने । २–३ हप्ता पछि फेरि दोहो¥याउने ।
ख) ५० मि.लि. पानी र अलिकति नून राखी त्यसमा एउटा किम्बुको छिप्पिएको फल राखी कुट्ने र हप्ताको १ पटक ३ हप्तासम्म खुवाईराख्ने ।
ग) घाममा सुकाएको छिप्पिएको मेवाका बीउहरू धूलो पारी अलिकति पानीमा मिसाउने र १०० ग्राम जति ६ दिन सम्म दिनहुँ १ पटक खुवाउने ।
९. किर्ना परेमा
क) २०० ग्राम नून ४ लिटर पानीमा घोलेर यसै झोलले नुहाइदिने ।
ख) ५० मि.लि. नरिवलको तेल १०० ग्राम गन्धक र ५० ग्राम अदुवा मिसाई तताएर चिसो पार्ने र पशुको जीउ भरी लगाइदिने ।
ग) ३०० ग्राम सुकेको सुर्तीको पातलाई १ लिटर पानीमा भिजाउने र १ चम्चा हालेर यसलाई३ घण्टासम्म यथावत राख्ने । ३ घण्टापछि यो झोल पशुको जीउभरि लगाउने ।
१०. लुतो भएमा
क) गन्धक धूलोमा अलिकति तेल मिसाई त्यसको लेदो लुतो भएको ठाउँमा लगाउने ।
ख) एक मुठ्ठी सुकेको बकाइनोको छिप्पिएको बीउलाई पिनेर त्यसमा अलिकति पानी मिसाई लेदो बनाएर लुतो भएको ठाउँमा लगाई दिने ।
११. खोरेत
क) खोरेत लागेका पशुहरूलाई शुरूको अवस्थामा १२ वटा केरा खुवाउने र १ के.जी. मेथीको पात खान दिने ।
ख) फिटकिरीले मुख वरिपरिको घाउ सफा गर्ने ।
१२ खुर कुहिने
क) पशु आउने जाने बाटोमा एउटा खाडल खनी २र३ लिटर मट्टितेल खाडलमा हाल्ने ।
ख) २–३ मुठ्ठी निलोतुथो १ बाल्टी पानीमा घोल्ने र खाडलमा हाल्ने ।
ग) ३–५ के.जि. हरियो नीमको पातलाई राम्ररी पिनेर खाडलमा हाल्ने ।
घ) दिनको दुई-तीन पटक पशुलाई त्यसमा हिडाउने ।
(स्रोतः एशिया महादेशमा प्रचलित पशु चिकित्सा)
पशुमा लाग्ने रोगको घरेलु उपचारहरू
पशुमा लाग्ने रोगको घरेलु उपचारहरू
