धनगढी, ५ मंसिर/ गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल डोटीमा एसएसपी मोहन कुमार आचार्य आएका छन् । आचार्य संघिय प्रहरी एकाई कार्यालय रुपन्देहीमा कार्यरत थिए ।
त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल डोटीका मुकेश कुमार सिहं सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।

