• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

केही हप्तामै कोरोना खोप वितरण गरिदै, प्रभावकारिता झण्डै ९५ प्रतिशत

वासिङटन- कोभिड १९ विरुद्ध तयार पारिएको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ ।अमेरिकी कम्पनी मोडेर्नाका अनुसार सार्वजनिक गरिने तयारीमा रहेको पाइजर भ्याक्सिनको प्रभावकारिता ९५ प्रतिशत नजिक रहेको तथ्य बाहिर आएको छ । साथै उक्त खोपले कोरोना महामारी अन्त्य गर्नेमा आत्मविश्वास उत्पन्न भएको पनि कम्पनीले जनाएको छ ।

मोडेर्नाले यो तथ्य आउनुलाई ‘महान दिन’को रुपमा व्याख्या गरेको छ । साथै यसैलाई लिएर केही हप्ताभित्रै खोपको स्वीकृति लिनका लागि आवेदन दिने पनि कम्पनीले जनाएको छ ।यद्यपि उक्त खोपको परीक्षणमा अमेरिकामा जम्मा ३० हजार मानिस सहभागी थिए । जसमध्ये आधालाई चार हप्ताको अन्तरमा दुई डोज खोप दिइएको थियो । र बाँकी खोप ‘डमी’को रुपमा थिए ।

र खोपको प्रभावकारिता भने पहिलो ९५ मा आधारित रहेर व्याख्या गरिएको हो । कम्पनीका अनुसार अनुसन्धानको क्रममा खोपले ९४ दशमलब ५ प्रतिशत काम गरेको थियो ।यस्तै ११ जना गम्भीर प्रकृतिका संक्रमितहरुमाथि पनि खोप लगाउँदा उनीहरुलाई निको भएको र पछि समस्या नदेखिएको अनुसन्धानले देखाएको छ ।

‘समग्र प्रभावकारिता उल्लेखनीय छ । यो एक महान दिन हो,’ मोडेर्नाका प्रमुख मेडिकल अधिकृत ताल जाक्सले बीबीसीलाई बताएका छन् । मोडेर्नाका अध्यक्ष डा। स्टेफन होगले भने जब यसको नतिजा आयो अपत्यारिलो जस्तै लागेको प्रतिक्रिया दिए । उनले भनेका छन्, ‘हामीमध्ये कसैले पनि कोभिडलाई रोक्न यो खोप ९४ प्रतिशत प्रभावकारी होला भन्ने आशा गरेका थिएनौँ, यो वास्तवमै आश्चर्यजनक जानकारी हो ।’

खोप कहिले पाइन्छ त ?

खोप कहिले उपलब्ध हुन्छ भन्ने कुरा तपाईँ कहाँ हुनुहुन्छ र कति वर्षको हुनुभयो भन्ने कुराले निर्धारण गर्ने मोडेर्नाले जनाएको छ । साथै यो आगामी हप्ताहरुमै अमेरिकामा सुरु भने हुनेछ । र देशभर २ करोड डोज उपलब्ध गराउने पनि बताइएको छ ।

यस्तै आगामी वर्षसम्ममा विश्वभर १ अर्ब डोज प्रयोगका लागि उपलब्ध गराउने आशा राखेको कम्पनीले जनाएको छ । बेलायत सरकारले पनि कम्पनीसँग अझै सहकार्य गरिरहेको छ । जब कि, बेलायती खोप छिट्टो आउने ६ खोपमध्ये परेको छैन ।

सुरक्षित छ त ? 

खोप कहिले आउला भन्ने जति चासोको कुरा हो, त्यत्तिकै मात्रामा यो सुरक्षित छ त रु भन्ने जिज्ञासा बढी छ । यस खोपबारे प्रमुख सुरक्षा चिन्ता प्रकट गरिएको छैन । तर पारासिटामोल वाहेक अरु औषधि सतप्रतिशत सुरक्षित हुँदैनन् ।

जस्तै कि, केही बिरामीलाई खोपपछि पनि टाउको दुख्ने, अरु दुखाइ र थकान जस्ता समस्या छोटो समयका लागि देखिनसक्ने सम्भावना रहन्छ । तर विज्ञहरु के भन्छन् भने यस खोपबाट रोग प्रतिरोधी क्षमता र अरु जे अपेक्षा गरिएको हो त्यसका लागि चाहिँ यसले काम गर्नेछ ।

बीबीसी

मङ्गलबार, मङि्सर ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.