धनगढी, २८ कार्तिक- नेपाली कांग्रेस संसदीयदल सुदूरपश्चिम प्रदेश संसदीय दलले बैतडीमा भएको सडक दुर्घटनाका घाईतेका लागि सरकार संग निशुल्क उपचार र राहतको माग गरेको छ ।
संसदीय दलका नेता डा. रणबहादुर रावलले शुक्रबार एक बिज्ञप्ती प्रकाशित गर्दै सो माग गरेको हो । हिन्दुहरुको दोश्रो दोश्रो ठूलो चाड दिपावलीको मुखैमा बैतडीमा भएको दुर्घटना प्रति दुःखीत र मर्माहत बनाएको बताउदै बिज्ञप्तीमा दुर्घटना परि ज्यान गुमाएकाहरु ब्यक्ति प्रति हार्दिक श्रद्धाञ्जली तथा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
‘सडक सवारी दुर्घटना न्यूनिकरणका बिषयमा गम्भीर भएर काम थाल्न पटकपटक आवाज उठाउदा पनि यस बारेमा प्रदेश सरकारले चाँसो देखाएको छैन’ डा. रावलले बिज्ञप्तीमा भनेका छन्– ‘सडक खण्डहरु जिर्ण हुदै जादा पनि त्यसको मर्मत र पुनः निर्माणको काम हुन सकेको छैन ।
सडकमा राख्नुपर्ने ट्रफिक लाईट, ट्राफिक चिन्हहरुको ब्यबस्थापन नभएका कारण प्रदेश प्रदेश सरकारको यता तर्फ ध्यान दिन समेत नेपाली काँग्रेस संसदीय दलले आग्रह गरेको छ ।