धनगढी, २७ कार्तिक ।
नेपाल रानाथारु समाजद्वारा आयोजित दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा रानाथारु भाषाको उपन्यास ‘फगुनी’ को विमोचन गरिएको छ ।
पदम रानाको पहिलो कृती फगुनीको विमोचन प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य माननिय नारदमुनि रानाद्घारा गरिएको थियो । कार्यक्रममा माननिय रानाले उपन्यासे रानाथारु समुदायको कला, संस्कृति, भाषा र समग्र रानाजाती समुदायको अस्थित्व बचाउनका साथै पहिचान दिन सहयोग पु¥याउने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य माननिय श्यामलाल राना उपन्यासको समिक्षा गर्दै ,यस उपन्यासले रानाथरु समाजको वास्तविक सामाजिक परिवेसको चित्रण गर्छ बताउनु भयो ।
कार्यक्रममा मन्तब्य दिदै कृष्णपुर नगरपालीकाका उप प्रमुख रमिता बडायक फगुनी उपन्यासले रानाथारुका ठेट शब्दहरु संकलन गरेको र यसले भाषा संरक्षणमा ठुलो योगदान पुर्याउने बताउनु भयो ।