धनगढी, २६ कातिक
बेस कैलालीद्धारा सञ्चालित सिमान्तकृत बालिकाको शिक्षामा पहुँच परियोजना दोश्रो चरणको धनगढी नगर स्तरीय सल्लाहकार समितिले बुधवार परियोजना संचालन परिएका क्षेत्रमा स्थलगत अनुगमन गरेको छ ।
सिमान्तकृत बालिकाको शिक्षामा पहुँच परियोजना दोश्रो चरणले विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्राहरु र २०६६ साल देखि कक्षा छोडेका तथा विद्यालय शिक्षा उत्तिर्ण गरेका बालबालिकाहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरेको छ । बेसले यूकेएडको सहयोग तथा मर्सिकोरको प्राविधीक सहयोगमा सन् २०१७ अप्रेल देखि धनगढी उप–महानगरपालिका लगायत कैलालीका ६ वटा स्थानीयतह अन्तरगत ३० वटा विद्यालयमा कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
यसै कार्यक्रम अन्तरगत धनगढी नगर स्तरीय सल्लाहकार समितिले वडा नं १२ मन्हेरा शिविर, त्यहाँ मञ्जु चौधरीले संचालन गरेको बंगुर पालन फर्मको अनुगमन गरेको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन । मञ्जुको जिवनमा परिवर्तन ल्याईदिएको छ , उपप्रमुख सुशीला मिश्र भट्टले भनिन्, कक्षा ८ मा पढाई छोडेकी उनले एसईई पास मात्रै गरेकी छैनन् ब्यावसायीक बंगुर पालन समेत गरेकी छन् । मञ्जु प्रतिनिधी पात्र मात्रै भएको बताउदै उपप्रमुख भट्टले भनिन्, धेरै बालिकाको जिवन फेरिएको अनुगमनमा पाए । धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले त्रिनगर मावि, धनगढी नमुना माविमा पुस्तकालय, विज्ञान प्रयोगशालामा सहयोग गरेको पाएको बताए ।
अनुगमनमा धनगढी उपमहानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरी, शिक्षा शाखा प्रमुख महादेव जोशी, महिला विकास शाखा प्रमुख अनिता बुढाऐर, बेस कैलालीका प्रमुख लक्ष्मण चौधरी लगायतको सहभागिता रहेको थियो ।