काठमाडौँ, २२ कात्तिक-सुनचाँदीको अधिक कारोबार हुने तिहार नजिकिँदै गर्दा पनि सुन बजारमा खासै उत्साह देखिएको छैन ।कोरोना सङ्क्रमणको महामारी बढेसँगै सुन, चाँदीको मूल्य पनि निरन्तर बढ्दै जाँदा सर्वसाधारणको पहुँच बाहिर हुन थालेपछि सुन बजारमा खासै उत्साह नदेखिएको हो ।
वर्षभरि हुने सुन, चाँदीको कारोबारमध्ये एक चौथाइभन्दा बढी कारोबार दशैँ तथा तिहारको समयमा हुने गरेको भएपछि अहिले बजारमा खासै चहलपहल नरहेको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार पछिल्ला केही दशकयता विशेष गरी काग तिहार धन तेरस दिनमा सुनचाँदीलगायतका नयाँ सामग्री भित्र्याउने प्रचलन बढेकाले यस दिन अधिक कारोबार हुने गरेको थियो तर यो वर्ष त्य स्तो उत्साह देखिएको छैन ।
विगतका वर्ष दशँ पछि दैनिक ३० किलोदेखि धन तेरसको दिनसम्म ५० किलोसम्म सुनको कारोबार हुने गरे पनि यस वर्षसम्म १० किलोसम्मको पनि कारोबार हुने सम्भावना नदेखिएको उहाँको भनाइ छ । दैनिक एकाध ग्राहक मात्र कारोबारका लागि आउने गरेको उहाँ बताउनुहुन्छ ।
सुन मात्र होइन चाँदीको कारोबार पनि हुन नसकिरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “सबैतिर कोरनाको संक्रमण बढेकाले यो वर्ष बजार निकै निराशाजनक हुँदै छ । पसल खुलेर मात्र के गर्नु रु ग्राहक कोही पनि आउँदैनन्ध्र”शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपियाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपियाँ पुगेको छ । त्य स्तै चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य आकाशिएको छ ।
शुक्रबार नेपाली समयअनुसार बिहान १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १९४० अमेरिकी डलर तय भएको थियो । अमेरिकामा राष्ट्रपति निर्वाचन सुरु भएयता देखि नै सुनको मूल्यको ग्राफ उक्लिन थालेको हो । अन्तर्राष्ट्रिय बजारमा दैनिक ५० डलरको हिसाबले सुनको मूल्य आकाशिँदै गएको छ ।