• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गहुँ छर्ने बेलामा कृषकलाई मल अभाव, डिपोमा सयौको भिड

किशोर तामाङ
पुनर्वास २० कार्तिक- गहुँ छर्ने बेलामा प्रयाप्त मात्रामा मल अभाव भएपछि कञ्चनपुरका कृषक हरू समस्यामा परेका छन । दस देखि पन्ध्र बोरी युरिया मल चाहिने कृषकलाई एक बोरि मल मात्र वितरण गरिए पछि कृषक हरू समस्यामा परेका हुन ।

कतिपय किसानहरू मल आएको सुचना समयमा जानकारी नपाउदा सहकारी सम्म आएर खालि हात फर्किनुपरेको छ । जिल्ला भरि मल वितरण गर्ने जिम्मा पाएको साल्टट्रेडिङ ले सिमित कोटाको मल जिल्लाभरिका किसानहरूलाई सबैको चित्त बुझाउने किसिमले वितरण गर्नुपर्ने बाध्यताले किसानहरूले आवस्यक्ता अनुसार मल पाउन नसकेको पुनर्वास नगरपालिका स्थित पुनर्वास सहकारी संस्था लिमिटेड का व्यवस्थापक एक कुमार श्रेष्ठ बताउनुहुन्छ । सहकारी लाई प्राप्त एक सय बोरि युरिया एक किसानलाई एक बोरिका दरले वितरण गरिएको श्रेष्ठले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले छुट्टयाइएको कोटा अनुसार साल्टट्रेडिङ कञ्चनपुर लाई प्राप्त ९ सय ४२ टन युरिया मल मध्ये मंगलबार सम्म ८ सय ८२ टन जिल्लाका ८० वटा डिलर मार्फत किसानलाई वितरण गरिसकिएको ६० टन गोदाममा स्टक राखिएको साल्टट्रेडिङ कञ्चनपुर का निमित्त प्रमुख दिपक भट्ट ले जानकारी दिए ।

जिल्लाभरि ८० डिलर रहेकोमा पुनर्वास मा मात्रै १३ वटा सहकारी ले मलको डिलरसिप लिएका छन खेतीयोग्य जग्गाको आंकलन गर्दा एक सिजनमा ३६ सय बोरि युरिया मल आवस्यक रहेको पुनर्वास मा डिलर लिने १३ सहकारी ले कोटाको आधारमा १०० बोरि का दरले १३ सय बोरि मात्रै पाएका छन । व्यवसायीक कृषि मा विगत दश बर्षदेखि सक्रिय रहंदै आएका पुनर्वास का सफल कृषक केशब रिजाल मलको अभावमा अन्य कृषक भन्दा बढी मर्कामा परेको बताउछन् ।

आफ्नो निजि खेतबारि र ठेक्का बटैया गरि १५ बिगाह गहुँ छर्ने निर्णय गरेका केशवले सहकारी बाट एक बोरि मात्रै मल पाउदा रूनुन हास्नु हुनुपरेको दुखेसो पोखे । एक बोरि मलले १० कठ्ठा बारिमा मात्र पुग्ने किसानहरू बताउछन । १२ बोरि युरिया ले पनि नपुगेर थपनु पर्थ्यो अहिले एक बोरि युरिया ले कसरी पुर्याउने पुनर्वास नगरपालिका ५ का कृषक रामअवतार रानाले दुख व्यक्त गरे ।

पहिला गुणस्तर नभएपनि भारतबाट ल्यायर भएपनि गहुबालीमा छरिन्थ्यो तर नेपाल भारत नाका बन्दले गर्दा ल्याउन नसकिएको अर्का किसान मुलचन्द रानाले गुनासो गरे । सरकारले किसानलाई आवस्यक्ताअनुसारको मलखाद उपलब्ध गराउन सक्नुप¥यो होइन भने भारतबाट भएनि सहजरूपमा भित्र्याउने वातावरण गराईदिनुपर्ने किसानहरूले माग गरेका छन ।

बिहिबार, कार्तिक २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.