• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ल्यापटप तात्ने समस्या छ ? यसरी गर्नुहोस् समाधान

काठमाडौं । अहिलेको समयमा अध्ययनदेखि कार्यालयको कामका लागि ल्यापटपको निकै प्रयोग भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण थुप्रै मानिसहरुले घरबाटै अफिसको काम गरिरहेका छन् ।

यस्तोमा ल्यापटप धेरै जसो समय अन भएर बस्छ र तात्ने समस्या देखिन थाल्छ । लामो समय काम गर्दा त झन् अत्याउने गरेरै ल्यापटप गरम भइरहेको हुन्छ ।त्यसो त कुनै पनि इलेक्ट्रोनिक डिभाइस प्रयोग गर्दा अलिकति त तात्नु स्वभाविक नै हो । तर निकै तात्ने अवस्थामा भने यो निकै खतरनाक सावित पनि हुनसक्छ ।

त्यसैले ल्यापटपमा काम गर्दाको समयमा ओभर हिट हुन नदिन आज हामी तपाईंलाई केही टिप्स दिँदै छौं । जसले तपाईंलाई ल्यापटप धेरै तात्ने समस्याबाट पक्कै पनि मुक्ति पाउन सघाउने छ ।

१। ल्यापटपलाई सफा राख्नुहोस्
लामो समय काम गर्दा ल्यापटप धेरै तात्न नपाओस् । यसका लागि हरेक दुई तीन दिनमा सफा र नरम कपडाले राम्रोसँग सफा गर्नुहोस् ।

यसको साटो ल्यापटप क्लिनर ब्रसबाट समेत ल्यापटपको फोहोर हटाउन सक्नुहुन्छ । यस बाहेक ल्यापटपको स्मुथ फंसनिङका लागि त्यसमा रहेका अनावश्यक तथा अतिरीक्त एप्लिकेसन अनइन्स्टल गरिदिनुहोस् ।ल्यापटपको मेमोरी फुल हुँदा ल्यापटप तात्ने मात्र होइन प्रोसेसरमा भार पर्न गई स्लो हुने समस्या समेत पैदा हुने गर्दछ ।

२। ल्यापटपको ब्याट्री
कतिपय समय ल्यापटपको ब्याट्रीका कारणले पनि ल्यापटप तातिरहेको हुन्छ । यदि ल्यापटपको ब्याट्रीले राम्रोसँग काम गरिरहेको छैन भने चार्जमा लामो समयसम्म राख्ने गरिन्छ अथवा भनौं हरपल ल्यापटप चार्जमा लगाएरै चलाउनुपर्ने हुन्छ ।लामो समय चार्ज गर्दा ब्याट्री तात्न पुग्छ र त्यसले ल्यापटपमा ओभर हिट उत्पन्न गराउँछ । यस्तोमा ल्यापटपको ब्याट्री खराब भएको छ भने त्यसलाई परिवर्तन गर्न कञ्जुस्याई नगर्नुहोस् ।

३। ल्यापटप सही स्थानमा राख्नुहोस्
अफिसमा हुनुहुन्छ भने त ल्यापटप सधैं डेक्स वा कम्प्युटर टेबलमै रहने गर्दछ । तर आजकल मानिसहरु घरबाट काम गरिरहेका छन् ।यस्तोमा हामी कतिपय समय त्यसलाई काखमा राखेर चलाइरहेका हुन्छौं । तर यसरी ल्यापटप प्रयोग गर्नु गलत तरिका हो ।प्रायजसो ल्यापटपले कुलिङका लागि तलपट्टीबाट हावा लिने गर्दछन् । काखमा राखेर लामो समयसम्म ल्यापटप प्रयोग गर्दा कुलिङ फ्यानमा राम्रोसँग हावा ओहोर दोहोर गर्न पाउँदैन ।

त्यसैले लामो समयसम्म काम गर्नुछ भने ल्यापटपलाई सही स्थानमा राख्नुहोस् ता कि त्यसको एयर भेन्टिलेसन सही रहन सकोस् र सीपीयूको फ्यानलाई आवश्यकमात्रामा हावा प्राप्त हुन सकोस् ।

४। कुलिङ फ्यानलाई सफा राख्नुहोस्
ल्यापटपमा कुलिङ फ्यान हुने गर्दछ । ल्यापटप प्रयोग गरिरहँदा यो फ्यान राम्रोसँग चल्न आवश्यक छ ।तर कुलिङ फ्यान प्रयोग गर्दै जाँदा धूलो माटोबाट फोहोर हुन थाल्दछ र राम्रोसँग चल्न सकिरहेको हुँदैन । जसले गर्दा त्यसले ल्यापटपमा आवश्यक मात्रामा कुलिङको काम गर्न सकिरहेको हुँदैन ।

त्यसैले ल्यापटपमा ओभर हिट पैदा हुन नदिन कुलिङ फ्यानलाई समय समयमा सफा गर्नुहोस् । यदि कुलिङ फ्यानले राम्रोसँग काम गरिरहेको छैन भने त्यसलाई मर्मत सम्भार गर्नुहोस् ।

५। ल्यापटप शट डाउन गर्न नबिर्सिनुहोस्
यदि दिन रात ल्यापटपलाई अन राख्नुहुन्छ भने ल्यापटप धेरै नै तात्ने गर्दछ । दिउँसोको समयमा काम गरिसकेपछि ल्यापटपलाई आराम दिन नबिर्सिनुहोस् ।यदि केही लामो ब्रेक लिइरहनु भएको छ भने त्यसलाई स्लिप मोडमा राखिदिनुहोस् । सुत्ने समयमा ल्यापटपलाई शट डाउन गर्ने बानी बसाल्नुहोस् ।

बिहिबार, कार्तिक २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतिय सहित ९ जना नियन्त्रणमा
सुदुरपश्चिम सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबुल
चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाका खुल्यो

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.