धनगढी,१७ कातिक- धनगढी उप–महानगरपालिकाले आईतबार सम्म लक्षण देखिएका र कन्ट्राक्ट ट्रेसिङ्गका आधारमा ५ हजार ८ सय ६८ जनाको निशुल्क पिसिआर परीक्षण गरेको छ ।
नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिए पछि झण्डै ३ महिना देखि पिसिआर परीक्षण गरिरहेको छ । सुरुमा बिभिन्न वडामा स्वावको नमुना संकलनका लागि क्याम्प संचालन गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए । अहिले धनगढी उप–महानगरपालिकाले आफ्नै स्वाव संकलन केन्द्रबाट स्वाव संकलन गरिरहेको पनि नगरप्रमुख वडले बताए ।
स्वाव दिनेहरुमा संक्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरु नै बढी भएको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए । उनले भने, क्याम्पमा कोरोना पोजेटिभ रहेकाहरुको फलोअप परीक्षणका लागि स्वाव संकलन गर्ने काम पनि भैरहेको छ ।
धनगढीमा अहिले सम्म १ हजार ४ सय ९ जनामा कोरोनाको संक्रमण रहेको अहेव दिपक सुनारले बताए । १ हजार १ सय ९३ जना कोरोना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमितहरु शक्रिय केश ८ सय ८ जना छन् । अहिले सम्म धनगढीमा ८ जनाको कोरोनाका कारण मृत्यू भैसकेको छ ।
