काबुल । अफगानिस्तानको उत्तरपूर्वी कुन्दुज प्रान्तमा एक बम विस्फोटमा ५ तालिबानी लडाकुको मृत्यु भएको छ ।
तरनाब इलाकामा भएको एक बम विस्फोटमा परी मोहम्मद भनेर चिनिने एक कमाण्डरसहित ५ जना तालिबानी लडाकु मारिएको अफगान सेनाद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । यससँगै उक्त घटनामा अन्य ५ घाइते भएका छन् ।
यस घटनाको विषयमा तालिबानी लडाकु समूहले केही टिप्पणी भने गरेको छैन । यसअघि अर्कै झडपका घटनामा अफगान सुरक्षाबलको स्थानीय चौकीमा आक्रमण गर्न आउँदा अन्य ५ जनाको तालिबानी लडाकु मारिएका थिए ।