बैतडी : बैतडीमा कुटपिटमा परी घाइते भएका एक युवकको मृत्यु भएको छ। कुटपिटमा परी घाइते भएका जिल्लाको पञ्चेश्वर गाउँपालिका –३ का ३२ वर्षीय कमलबहादुर साउँद उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार कात्तिक ९ गते कुटपिटबाट घाइते साउँदलाई धनगढीबाट थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा सोमबार मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।
हत्यामा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अधिकारीले साउँदमाथि कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय विरेन्द्र चन्द्र र ज्ञानेन्द्र चन्दलाई पक्राउ गरिएको बताए। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
