धनगढी,६ कार्तिक/नेपाल पत्रकार महासंघ बझाङका उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिवले पदबाट सामुहिक राजीनामा दिएका छन्।
महासंघका नयाँ सदस्य वितरणमा महासंघका अध्यक्ष र सचीवले एकाधिकार जमाएको भन्दै असन्तुष्टि जनाउँदै सामुहिक राजीनामा दिएका हुन ।
उपाध्यक्ष सम्राट सिंह, कोषाध्यक्ष राजेन्द्र सिंह र सहसचिव सुवास कठायतले आजदेखी लागू हुने गरी सामुहिक राजीनामा दिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
`पत्रकारीता सङ्ग कुनै साईनो नभएका राजनीति दलका कार्यकर्ता र परिवारका सदस्यलाई पत्रकार महासंघको सदस्यता वितरण गरेर महासंघको गरिमा कलङ्कित पार्ने खोजिएको´ बिहीवार जारी विज्ञप्तिमा उल्लेख छ ।
पेशागत मर्यादासित जोडिएको सदस्यता शुद्धीकरण महासंघका हरेक बैठकमा छलफलको विषय बने पनि त्यो छलफलमै सीमित भएको उनले उल्लेख गरेका छन्।
पत्रकारको संस्थालाई गैर पत्रकारको अखडा बनाईएकोले पेशागत मर्यादालाई ध्यानमा राख्दै यस्तो संगठनमा बस्न उचित नदेखिएकोले राजीनामा दिएको उल्लेख छ ।
तीनै जना प्रेस संगठनबाट निर्वाचित पदाधिकारी हुन । बझाङमा पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा युनियनले एकाधिकार जमाएको भन्दै प्रेस संगठनले विरोध जनाउदै आएको छ ।