धनगढी, ५ कार्तिक/ धनगढी उप–महानगरपालिका १२ को अस्थायी प्रहरी चौकी जुगेडाका प्रहरी सहायक निरिक्षक गोविन्द विक र प्रहरी जवान रामवहादुर साउँदको हत्यामा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये सात जनालाई प्रहरीले मंगलबार सावेजनिक गरेको थियो भने थप एक जनालाई बुधबार पक्राउ गरेको हो ।
उनिहरुले नेपालबाट भारत मटर तस्करी गर्न प्रहरीले अवरोध गरेपछि असई र जवानको हत्या गरेको स्विकार गरीसकेको प्रहरीले जनाएको छ, तर नेपालबाट भारत मटर तस्करी गर्ने मुख्य नाईके बारेमा प्रहरीले खुलाएको छैन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्ष दिलिपसिंह देउवाले मटर कस्को हो भन्ने अहिले नै खुल्न नसकेको बताए। संलग्नहरु मटर तस्कर हुन् भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनका अनुसार अहिले पक्राउ परेकाहरु नेपालबाट भारत मटर (केराउ) तस्करी गर्दा अवरोध भएपछि प्रहरीको हत्यामा प्रत्यक्ष संलग्न भएकाहरु हुन्।
समाचार स्रोतका अनुसार उक्त मटर भने धनगढीमा व्यवसाय गर्दै आएका भारतीयको हो। ति व्यापारीले नै मटर नेपालबाट भारत तसकरी गर्न मान्छेहरु परिचाल गर्ने गरेको खुल्न आएको छ । उनको संलग्नताको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको र केही प्रमाण भेटिए पक्राउ गर्ने तयारी रहेको एक जना प्रहरी उच्च अधिकारीले बताए।
प्रहरीका अनुसार कार्तिक १ गते मटर तस्कर गर्दा प्रहरी जवान र असईलाई पैसा दिएर मिलाउने प्रयास गरिएको र प्रहरीले अस्विकार गरेपछि हत्या गरेको अभियुक्तले बयानको क्रममा स्विकार गरेका छन् ।
उनीहरुले असई र प्रहरी जवानको हत्या गरेपछि गोरुगाडामा राखेर मटर भारत पुगाएका बयान दिएका छन् । सुरुमा असई विकको हत्या गरिसकेपछि तस्करहरुले प्रहरी जवान साउँदको लखेटीलखेटी हत्या गरेको प्रहरी स्रोत बताउँछ ।