धनगढी, ४ कार्तिक/ धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी बिटमा कार्यरत असई गोबिन्द बिक र जवान रामबहादुर साउँद हत्या प्रकरणको प्रहरीले अनुसन्धान झण्डै सक्काएको छ ।
तस्करहरुको समूहले योजनाबद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो (फरुवा) प्रहार गरेर हत्या गरेको खुलेको छ ।
शनिवार राति करिब ८ बजेतिर असई बिक र जवान साउद मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका शिलशिलामा १६ जना पक्राउ गरेको र ती मध्ये ७ जनाले संलग्नता स्वीकारेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका सबै स्थानिय राना परिवारका रहेको प्रहरी स्रोतले जनाएको छ । उनिहरुलाई आजै (मंगलवार) दिउसो ४ बजे जिल्ला प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्बजनिक गर्दैछ ।