धनगढी, ४ कार्तिक/ प्रहरी सहायक निरिक्षक गोविन्द बिकको तस्करहरुले हत्या गरेको खुलेको छ ।
तस्करीमा अबरोध भएपछि तस्करहरुले सई गोविन्द बिकको हत्या गरेको खुलेको स्रोतले बतायो ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असई बिक र प्रहरी जवान शनिवार राति गस्तीमा गएको बेला वडा नम्बर १० जुगेडाबाट बेपत्ता भएका थिए ।
असई बिकको शव मोहना नदीमा फेला परेपनि उनीसंगै रहेका प्रहरी जवान राम बहादुर साँउदको अवस्था भने अज्ञात छ ।
भारतीय गाउँ सलियापार र बनकट्टीसंगै जोडिएको मोहना नदीको घाट भएर तस्करी गर्नेहरुबाट असई बिकको निर्मम तरिकाले हत्या भएको प्रहरी स्रोतले बतायो ।