धनगढी, ३ कार्तिक/सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख दुई सय २४ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ९७ हजार सात सय ४० जनाको पिसिआर परिक्षण भएको छ।
विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा आठ हजार ६ सय ४२ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा ३ हजार २ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये दुई हजार ७ सय ८ जनाले कोरोना जितेका छन् भने ११ जनाको मृत्यु भईसकेको छ ।
यस्तै डोटीका एक हजार एक सय ८३, अछामका एक हजार एक सय २९, कञ्चनपुरका नौ सय ६९, बझाङका पाँच सय ९७, बाजुराका चार सय ५९, बैतडीका चार सय ६७, डडेल्धुराका तीन सय ८३ र दार्चुलाका २ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशभर संक्रमण पुष्टि भएका ७ हजार ३ सय ७९ जनाले कोरोना जितेका छन् भने २५ जनाको मृत्यु भएको छ ।