कञ्चनपुर, २ कार्तिक/ठूलो मात्रामा खैरो हिरोईन सहित पक्राउ परेका ४ जनालाई कञ्चनपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
शुक्रबार कञ्चनपुरको पुनर्वास नगरपालिका-६ ङ गाउँबाट ४४ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका पुनर्वास नगरपालिका वडा नम्बर ४ घ गाउँ बस्ने २८ वर्षीय दिनेश भट्ट, बेलौरी नगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षीय रमेश रावत, सोही स्थानका २८ वर्षीय गगन शाही र २७ वर्षीय रोशन शाहीलाई आइतबार सार्वजनिक गरिएको हो ।
बरामद गरिएको ४४ ग्राम खैरो हिरोईन यस क्षेत्रमा बरामद गरिएका लागूऔषध मध्ये अहिले सम्मकै अत्यधिक मात्राको रहेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले उल्लेख गरे ।