धनगढी, २ कार्तिक/ बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा पाँच दिनकालागी निषेधाज्ञ गरिएको छ । पछिल्लो समयमा कोरोना भाइरस समुदाय स्तरमा फैलीन थालेपछि कार्तिक २ गते देखि ७ गते सम्मकोलागी गाउँपालिकाले दिने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
शुक्रबार रायल प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि पालिका भित्रै एक वडा बाट अर्को वडामा समेत आवतजावत गर्न निषेध गरेको छ ।
दसैमा मानिसहरु बढी आवतजावत गर्ने भएकोले समुदायमा कोरोना फैलिन उच्च सम्भावना रहेको भन्दै गाउँपालिकामा कडाइ गरिएकोे हो । त्यस्तै गाउँपालिकाले दशै तिहारमा भिडभाड र आवतजावत गर्दा कोरोना फैलिन सक्नेभन्दैे भिडभाड र आवतजावत नगर्न आग्रह गरेको छ ।
यस अघि असोज ३० गते देखिनै एक हप्ताको लागि केदारस्युँ गाउँपालिकाको रायल प्राथमिक स्वास्थ्य केन्द्र शील गरिएको थियो ।