धनगढी, ३० असोज/धनगढीमा रेनजरलाई घुस दिन खोज्ने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन्।
सव डिभिजन वन कार्यालय तारानगरका रेनजर रामअवतार चौधरीलाई ८० हजार घुस दिन विचौलियाको भूमिका खेल्ने धनगढी ११ को सिताराम सामुदायिक वनका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिश जोशीले रानालाई रेनजरलाई दिन खोजिएको घुस वापतको ८० हजार रकम सहित पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार रेनजर चौधरी भने फरार छन्। चौधरीको खोजी भईरहेको छ। चौधरीले अवैध काठ बरामद गरेको मुद्दा कमजोर बनाइदिने भन्दै राना मार्फत घुस रकम माग गरेको अख्तियारले जनाएको छ।