धनगढी, २९ असोज/कैलालीका ५६ सहित सुदूरपश्चिमका थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो एक सय ७२ जनाको परीक्षण गरिएकोमा कैलालीका ५६ सहित थप ६९ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ५६, कञ्चनपुरका ११ र डडेल्धुराका एक र डोटीका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३२ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ४ का ७ जना, वडा नम्बर ५ का ६ जना, वडा नम्बर २ का ३ जना र वडा नम्बर ८ का २ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
यस्तै वडा नम्बर १२ र १३ का एकरएक जना र वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ९ जना, घोडाघोडी नगरपालिकाका २ जना र ठेगाना नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ।
उता कञ्चनपुरको वेदकोट नगरपालिका–८ का ५ जना, लालझाडी गाउँपालिका–३ र पुर्नरवास नगरपालिकाका दुईरदुई जना, त्यस्तै भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिका–५ का एकरएक जनामा पनि संक्रमण देखिएको छ।
त्यस्तै डडेल्धुराको परशुराम नगरपालिका–१ र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का एकरएक जनामा समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
