धनगढी, २९ असोज/ धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ।
बुधबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका ३२ जना थपिएसँगै संक्रमितको संख्या एक हजार २९ पुगेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
उप–महानगरपालिकाको स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार अब संक्रिय संक्रमितको संख्या दुई सय १४ पुगेको छ भने आठ सय ११ जना डिस्चार्ज भएका छन्।
उपमहानगरपालिकाका अनुसार धनगढीका १९ वटै वडामा संक्रमण फैलिएको छ। सबैभन्दा बढि वडा नम्बर १ का दुई सय १९ जनामा संक्रमण पुष्टि भएको छ। धनगढीमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भईसकेको छ।