धनगढी, २७ असोज/सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी (सन्तोष) लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।
धामी दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन । उनले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई कोरोना पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।
