धनगढी, २७ असोज/बझाङमा (मंगलबार) आजदेखी नियमित हवाइ सेवा सञ्चालनमा आएको छ । झण्डै डेढ दशक बढीसमय बन्द रहेको बझाङ विमानस्थल कालोपत्रे भएपछि आज पहिलोपटक नियमित हवाइ सेवा सञ्चालनमा आएको हो ।
मंगलबार समिट एयरले धनगढीबाट झण्डै १७ जना यात्रु लिएर बझाङ पुगेको हो । अब हप्ताको दुई दिन र यात्रुको अवस्थाहेरी उडान हुने गरी समिट एयर सेवा दिने भएको हो ।
लामोसमयपछि बझाङमा हवाई सेवा सञ्चालनमा आएपछि बझाङबासी उत्साहीत भएका छन् । धनगढी बझाङको बसको यात्रागर्दा धेरै समय लाग्ने र जोखीमपुर्ण यात्रा गर्नु भएकोले हवाई यात्रा गर्दा खुशी भएको धनगढीबाट बझाङ पुगेका यात्रु प्रकाश सिहं बताउछन् ।
भाडादर केही महंगो भएपनि समिट एयरले बझाङबासीको प्लेन चढ्ने धोको पुरा गरिदीएको धनगढी आउदै गरेका यात्रु विराटसिहं कठायतले बताए । उनले बझाङबाट पहिलोपटक हवाई यात्रा गर्न पाउँदा खुशी लागेको अनुभव सुनाए ।
समिट एयर धनगढी–बझाङको भाडादर ५ हजार ४८ रुपैंया तोकिएको छ । धनगढी बझाङ असोज २७, २८ र २९ गते निरन्तर उडान गरिने हुने भएको छ ।
बझाङ विमानस्थल प्रखुम मोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण उडान गरिएको र आजदेखी नियमीत उडान सुरु भएको बताए । उनले बझाङमा नियमित उडान सुरु भएपछि बिमारीलाई समयमै अस्पताल पुर्याउन सहज हुने बताए ।
समिट एयरको विमान पहिलो पटक बझाङ पुर्याएका पाईलट युग ढुङ्गानाले मोसम सफा रहेको खण्डमा नियमीत उडान गर्न सकिने बताए ।
धनगढी–बझाङ यात्रा गर्न २५ मिनेट व्यतित हुने गरेको छ । बझाङमा मंगलबारदेखी नियमित हवाइ सेवा सञ्चालन आएसंगै लामो समयपछि बझाङबासीको धोको पुरा भएको छ ।