• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सयौँ वर्ष पुरानो कैलालीको चर्चित सत्ती बजारले मुहार फेरेन

धनगढी, २७ असोज/ सशस्त्र द्वन्द्वपछि चहलपहल सेलाएको सयौँ वर्ष पुरानो सत्ती बजारले आफ्नो मुहार फेर्न सकेको छैन ।

विगतमा कैलालीकै चर्चित बजारका रूपमा स्थापित सत्ती बजारले शान्ति स्थापनापछि पनि मुहार फेर्न सकेन । सशस्त्र द्वन्द्वपछि विस्थापित भएका त्यहाँका सरकारी कार्यालय तथा ठूला व्यापारी पुनः स्थापित हुन नसक्दा व्यापारिक दृष्टिकोणले सत्ती पछाडि परेको हो ।

सशस्त्र द्वन्द्वका वेला यहाँ रहेका प्रहरी चौकी, साल्ट टे«डिङ, वाणिज्य बैंकलगायत दर्जन बढी कार्यालय विस्थापित भएका थिए । शान्ति स्थापनापछि प्रहरी चौकीलगायत केही कार्यालय पुनःस्थापना भएका छन् तर बजार भने स्थापित हुनसकेको छैन । “गत वर्ष वाणिज्य बैंक पनि पुनःस्थापना भएको छ । अझै आधा दर्जन सरकारी कार्यालय फर्कन सकेका छैनन्”, साविक नारायणपुर गाविसका पूर्वअध्यक्ष फकिरसिंह कडायत भन्छन्, “साल्ड टे«डिङको कार्यालय, बैंकको सटही कार्यालय, पशु क्वारेन्टिनजस्ता कार्यालय अझै पुनःस्थापना हुनसकेका छैनन्, सरकारी कार्यालय भए पो यहाँको विकासमा मद्दत पुग्छ ।”

पूर्वअध्यक्ष कडायतकाअनुसार सत्ती बजार हटिया बजारका रूपमा स्थापना भएको बजार हो । यो बजार करिब २०० वर्षभन्दा पुरानो रहेको बताइएको छ । हटिया बजारका रूपमा विकास गरिएको सत्तीपछि खाद्यान्न खरिद बिक्रीका रूपमा विकास भयो । “यहाँ पदमप्रकाशेश्वर मन्दिर छ । त्यो मन्दिर ५०० वर्ष पुरानो रहेको बताइन्छ, मन्दिर हेर्दा पनि यो बजार अझ पुरानो हो भनेर बुझ्न सकिन्छ”, पूर्वअध्यक्ष कडायत भन्छन्, “यहाँ दर्जनौँ ठूला उद्योग र मिलहरु थिए । सशस्त्र द्वन्द्वमा सबै बन्द भए । दुगडलगायतका राष्ट्रियस्तरका व्यापारीले व्यापार गर्थे, उनीहरु सबै विस्थापित भए । उनीहरु अहिलेसम्म फर्कन सकेका छैनन् ।”

सशस्त्र द्वन्द्वअघि यहाँ निकै चहलपहल र व्यापार हुन्थ्यो । किनमेल गर्ने मानिसको निकै भीडभाड हुन्थ्यो । अन्य समयभन्दा सत्ती बजारमा धान, गहुँ खरिद बिक्रीका समयमा बढी भीडभाड हुने गथ्र्यो । यहाँ कैलालीका पूर्वी क्षेत्र सुखड, पहलमानपुर, भजनी, बौनिया, लम्कीलगायत क्षेत्रका किसानले धान र गहँु बिक्रीका लागि सत्ती पुग्नुपथ्र्यो । “कैलालीका आधा नागरिकको किनमेल गर्ने, खाद्यान्न बिक्री गर्ने बजार सत्ती थियो”, स्थानीयवासी शारदा तिमिल्सिनाले भन्नुभयो, “हाल यहाँ व्यापारी आउन छाडे । यहाँ धान, गहँु खरिद गर्नका लागि भारतीय नागरिकसमेत आएर बस्ने गर्थे । यहाँको अन्नपात खरिद गरेर उनीहरुले लिने गर्थे र पैसा दिएर जान्थे ।” हाल ठूला व्यापारी आउन नसकेको उनी बताउछन्।

खाद्यान्न खरिद बिक्री हुने भएकाले सत्ती बजारलाई गल्लामण्डीका रूपमा पनि चिनिथ्यो । स्थानीय देवेन्द्र जैशी त्यो बेला यहाँका घरहरु स–साना हुन्थे तर खाद्यान्नका थुप्रा भने घरभन्दा ठूला रहेको सम्झन्छन् । ‘‘यहाँ खरिद गरेको खाद्यान्न केही सिधैँ भारततिर लगिन्थ्यो भने केही यतै कुटानी पिसानी गरेर बिक्री वितरण गरिन्थ्यो”, उनी भन्छन्, “साविकको नारायणपुर गाविसमा एक दर्जन बढी कुटानी पिसानी गर्ने मिल खोलिएका थिए । मिल खुलेका कारण यहाँका धेरैले रोजागरीसमेत पाएका थिए । यहाँका नागरिकलाई जीविकोपार्जनमा टेवा पुगेको थियो ।”

स्थानीय सरकारदेखि सबै तहका सरकारले सशस्त्र द्वन्द्व र अन्य असुविधाका कारण पलायन भएका व्यापारी वा लगानीकर्तालाई फर्कने वातावरण बनाउन माग गर्दै आएका छन् । “यहाँका राजनीतिक दलसहित स्थानीय नागरिकले वर्षेनी सरकारलाई ठूला उद्योग र कार्यालय पुनःस्थपना गरिदिन माग गर्दै आएका छन्”, स्थानीयवासी हरि चौधरी भन्नुहुन्छ, “पछिल्लो समय स्थानीय सरकारले पनि माग उठाइरहेको छ, तर सत्ती बजारको मुहार फर्कने आशा हराउँदै गएको छ ।”

कुनै पनि ठाउँको विकासका लागि कलकारखाना वा व्यापार व्यावसाय सञ्चालन हुनुपर्ने भएकाले यहाँका व्यापारिक विकासका आधारलाई सरकारले पुनःस्थापना गरिदिनुपर्ने माग चौधरीको छ । “यहाँ सञ्चालनमा रहेका मिल बन्द भएर खण्डहरमा परिणत भएका छन्”, टीकापुर–७ का वडाध्यक्ष रामलाल चौधरी भन्नुहुन्छ, “करौडौँ लगानीका संरचना खिया लागेर खेर गएका छन् । सरकारले यी संरचना मर्मत गरी प्रयोगमा ल्याउन सके करोडौंको सम्पत्ति जोगाउन सकिन्छ ।”

मङ्गलबार, असोज २७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.