धनगढी, २६ असोज/धारिलो हतियार प्रहारबाट बझाङका दुई जना घाईते भएका छ्न् । घाईते हुनेमा बित्थडचिर गाउँपालिका-६ का लाल बहादुर स्याडा र चन्द्र स्याडा रहेका छ्न् ।
सोमबार बिहान घरबाट आफ्नो खेतमा काम गरिरहेका बेला सामान्य विवाद हुँदा छिमेकी राम नाथले उनीहरुमाथी हसिया प्रहार गरेकोे थियो ।
हसिया प्रहारबाट दुबै जनाको गर्धन र टाउकोमा चोट लागेको वडाध्यक्ष हर्क बहादुर धामिले जानकारी दिए ।
घाइते दुवै जनाको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी ल्याउदै गरेको उनले जानकारी दिए ।
हसिया प्रहार गर्ने नाथलाई प्रहरी चौकी देउराको टोलिले सुनकुडाबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बझाङ बुझाएको प्रहरीले जनाएको छ।