• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा ४३ स्वास्थ्य संस्थाको स्तरोन्नति हुने

धनगढी, २५ असोज/सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका ४३ स्वास्थ्य संस्थाको स्तरोन्नति हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार प्रदेशका ४३ स्वास्थ्य संस्थाहरु स्तरोन्नति गरेर अस्पताल बनाइने भएको हो ।

मन्त्रालयकाअनुसार सुदूरपश्चिम प्रदेशमा १३ वटा १५ शैय्या र ३० वटा वटा १० शैय्याका अस्पताल निर्माण गरिनेछ ।

बझाङ्ग, बुङ्गल नगरपालिकाको सितरातढी स्वास्थ्यचौकी, बाजुरा, त्रिवेणी नगरपालिकाको तोली देवल स्वास्थ्य चौकी, बैतडी पुचौंडी नगरपालिकाको न्वादेउ स्वास्थ्य चौकी, डोटी शिखर नगरपालिकाको पचनाली स्वास्थ्य चौकी र अछाम बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ स्वास्थ्य चौकी १५ शैय्याको अस्पतालमा स्तरोन्नति हुने भएका छन् ।

कञ्चनपुर बेदकोट नगरपालिकाको दैजी स्वास्थ्य चौकी, कृष्णपुर नगरपालिकाका कृष्णपुर स्वास्थ्य चौकी र बिचवा स्वास्थ्य चौकी, महाकाली नगरपालिकाको दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र, पुनर्वास नगरपालिकाको त्रिभुवन बस्ती स्वास्थ्य चौकी, कैलाली बर्दगोरिया गाउँपालिकाको दोदोधारा स्वास्थ्य चौकी, लम्कीचुहा नगरपालिकाको चुहा स्वास्थ्य चौकी र घोडाघोडी नगरपालिकाको साडेपानी स्वास्थ्य चौकी पनि १५ शैय्याको अस्पतालमा स्तरोन्नति हुने भएका छन् ।

कैलाली मोहन्याल गाउँपालिकाको सुगरखाल स्वास्थ्य चौकी, कञ्चनपुर लालझाडी गाउँपालिकाको शंकरपुर स्वास्थ्य चौकीलाई १० शैय्याको अस्पताल वनाउने तयारी भएको छ । अछाम तुर्माखााद गाउँपालिकाको तुर्माखाँद स्वास्थ्य चौकी, पञ्चदेवल बिनायक नगरपालिकाको बिनायक स्वास्थ्य चौकी र ढकारी गाउँपालिकाको ढकारी स्वास्थ्यचौकीपनि १० शैय्याको अस्पतालमा स्तरोन्नति हुँदैछन् ।

दार्चुला लेकम गाउँपालिकाको रिठाचौपाता, अपि हिमाल गाउँपालिकाको खण्डेश्वरी, नौगाड गाउँपालिकाको खार, दुहुँ गाउँपालिकाको धारी र मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्य चौकी पनि १० शैय्याको अस्पतालमा परिणत हुने भएका छन् ।

१० शैय्याको अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य संस्थाहरुमा डोटी केआई सिंह गाउँपालिकाको दुर्गामाण्डौं, बडीकेदार गाउँपालिकाको खड्यौली, सायलगाउँपालिकाको डौड र पूर्वीचौकीगाउँपालिकाको सानागाउँ स्वास्थ्य चौकी पनि परेका छन् ।

डडेल्धुराको आलिताल स्वास्थ्यचौकी र अजयमेरु गाउँपालिकाको भद्रपुर स्वास्थ्य चौकीमा पनि १० शैय्याको अस्पताल बन्ने भएको छ । बैतडी दोगडाकेदार गाउँपालिकाको सितड, डिलासैनी गाउँपालिकाको डिलासैनी, सुर्नाया गाउँपालिकाको शैलेश्वर, पञ्चेश्वर गाउँपालिकाको कुमाउ र शिवनाथ गाउँपालिकाको सुल्लेखान स्वास्थ्य चौकीलाई पनि १० शैय्याको अस्पताल वनाईदैछ ।

बाजुरा हिमाली गाउँपालिकाको रुघिन, खप्तड छेडेदह गाउँपालिकाको दोगडी, जगन्नाथ गाउँपालिकाको हुनीमहति, गौमुल गाउँपालिकाको दहकोट, स्वामीकार्तिक खापर गाउँपालिकाको जुकोटर बडीमालिका नगरपालिकाको चुथी स्वास्थ्यचौकीलाई १० शैय्याको अस्पताल बनाइने भएको छ ।

बझाङ्ग छविसपाथिभेरा गाउँपालिकाको कोट छौघनपाटा, खप्तड छान्ना गाउँपालिकाको छान्ना र साईपाल गाउँपालिकाको काँडा स्वास्थ्य चौकीपनि १० शैय्याको अस्पताल बन्ने भएका छन् ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार अस्पतालको भवननिर्माणका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जनाएको छ । मन्त्रालयले देशभरि दुई सय ६४ स्वास्थ्य चौकीलाई पाँच, १० र १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने गरी सूचना सार्वजनिक गरेको छ ।

सूचनामा भनिएको छ, ‘स्थानीयतहका स्वास्थ्य संस्था स्तरोन्नति गरी पाँच, १० र १५ शैय्याका अस्पताल निर्माणका लागि रकम निकासा भइसकेको छ ।’ मन्त्रालयकाअनुसार पाँच शैय्याका अस्पतालका लागि ७० लाख, १० शैय्याका लागि ८५ लाख र १५ शैय्याकालागि एक करोड रुपैया विनियोजन गरिएको छ ।

मन्त्रालयले जारी गरेको आधारभूत अस्पताल भवननिर्माण सम्बन्धी निर्देशिका २०७७, बमोजिम भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका २०७३ र लागत अनुमान पठाइसकिएकोले कार्तिक मसान्तसम्म निर्माणको प्रक्रिया प्रारम्भ गर्न गराउन परिपत्र गरिएको छ ।

सोमबार, असोज २६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.