• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

तस्करसँग मिलेर असुली धन्दामा लागेपछि चौकीका सबै प्रहरी जिल्ला तानिए

धनगढी २५ असोज । धनगढी उप–महानगरपालिका १४ बहुलिया सीमा प्रहरी चौकी फूलवारीमा कार्यरत सबै प्रहरीलाई जिल्ला प्कार्यालय कैलाली तानिएको छ। शनिबार प्रहरी चौकी कार्यरत १० जना प्रहरीलाई जिल्ला तानिएको हो।

सई गोपाल कार्कीको कमान्डमा रहेको दश जनाको प्रहरीलाई जिल्ला तानिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सीमा प्रहरी चौकीमा कार्यरत सबै प्रहरीहरु तस्करसँग मिलेर असुली धन्दामा लगेकोले स्थानीयको आरोप छ। यही कारण उनीहरु जिल्ला तानिएका स्थानीयको भनाइ छ। चौकीका सबै प्रहरी जिल्ला तानिनुको कारण भने खुलाइएको छैन।

उनीहरु पुराना भइसकेका र कार्य सन्तोषजनक नदेखिएकाले जिल्ला तानिएको प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्ट भनाइ छ। तस्कीरसँग मिलेको विषयमा भने आफ्नो प्रतिक्रिया नरहेको र कारण खोल्न नमिल्ने उनले बताए। प्रवक्ता विष्टले उक्त चौकीमा सईकै नेतृत्वमा नयाँ टोली पठाइएको जानकारी दिए।

तस्कीरसँग मिलेर असुली गरेको आरोप

प्रहरीले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी गर्ने तस्करसँग मिलेर असुली गरेको स्थानीयले आरोप लगाएका छन्। प्रहरीले भारतबाट एक कट्टा मल ल्याउनेलाई समात्ने र खुलेआम भारतमा तस्कर गर्नेहरुबाट हप्ता असुली गर्दै छाड्ने गरेको स्थानीय फूलराम चौधरीले आरोप लगाए। किसानले दुई पैसा बचाउन भारत गएर कृषि सामान ल्याउँदा पनि प्रहरीले खोला किनारमा बसेर पैसा असुली गर्ने गरेको उनले गुनासो पोखे।

प्रहरीकै संलग्नतामा नेपाल–भारत सीमा क्षेत्रमा खुलेआम तस्करी बढेको स्थानीय नेत्र मैनालीले बताए। उनले बर्दीमा ‘म पुलिस हुँ’ भन्दै सीमा क्षेत्रमा बसेर पैसा असुल्ने गरेका आरोप लगाए। पछिल्लो समयमा प्रहरीले तस्करलाई संरक्षरण गरी पैसा असुल्ने धन्दामा लागेकाले र जनताको सुरक्षामा चासो नदिएको स्थानीय मोहन सिंहको भनाइ छ। उनले प्रहरी आफैंभित्र व्यापक विकृति रहेकाले सुधारको खाँचो रहेको बताए। स्थानीयले धनगढीको फूलबारी क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्थापनभन्दा पनि तस्करसँग मिलेर मोलमोलाई गर्ने गरेको आरोप लगाउँदै आएका थिए।

आइतबार, असोज २५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.