धनगढी २५ असोज । आइतबार धनगढी उपमहानगरपालिकाका ३२ जना सहित सुदूरपश्चिम प्रदेशमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीमा वडा नम्बर १ का १२ जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्बर २,३ र ४ मा ३/३ जना, वडा नम्बर ९ का ५ जना, वडा नम्बर ५,६,१५ र १६ का १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
धनगढीका २ जनाको भने वडा खुलाइएको छैन ।
त्यस्तै लम्कि चुहा का १० जना गौरिगंगाका ४ जना, टिकापुरका १० जना भजनीका २ जना र गोदावरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कञ्चनपुरका १५ जनामा पनि संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । कञ्चनपुरमा भीमदत्त र पुनर्वासका ४÷४ जना र बेदकोटका ७ जना रहेका छन् ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडी सुर्नया ४ का १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।