धनगढी, २५ असोज/बैतडीको पाटन बिमानस्थलमा अब नियमित उडान सुरु हुने भएको छ । यहि असोज १७ गते परिक्षण उडान गरिएकोमा २९ गते देखि नियमित उडान हुने भएको हो ।
धनगढीबाट हरेक हप्ताको बिहिबार उडान हुने धनगढी बिमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले जानकारी दिए ।
बिहिबार १२ बजेका लागि समय तोकिएको पनि उनले बताए । रिपिटर टावर र ट्रमिनल भवननिर्माण भएको छैन । धनगढीबाट बिहान साढे ११ बजे पाटनका लागि उडान भर्ने छ ।
१७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने बुढ्थापाले जानकारी दिए । धनगढी–पाटनको भाडादर भने ३ हजार ८०२ रुपैंया तोकिएको छ ।
