धनगढी २५ कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको जानकारी दिए ।
असोज २० गते कोरोना पुष्टि भएका ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि २३ गते मात्र सेती अस्पताल भर्ना भएको श्रेष्ठले बताए।