काठमाडौँ । स्पेनले राजधानी म्याड्रिड र नजिकका शहरमा १५ दिनको संकटकालको घोषणा गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले संक्रमण रोक्न संकटकालको घोषणा गरेको हो । एक साता अघि घोषणा आंशिक लकडाउनलाई अदालतले रोकिदिएपछि सरकारले संकटकालको घोषणा गरेको हो ।
म्याड्रिड राज्यका स्वास्थ्यमन्त्री एनरिक रिजले आम जनताले संकटकाल लागु गर्नुको कारण बुझ्ने बताएका छन् ।
संकटकाल अवधिभर म्याड्रिडसहित नजिकका नौ शहरमा अतिआवश्यक बाहेक एक शहरबाट अर्को शहरमा प्रवेश निषेध गरिएको छ भने स्थानीय स्तरमा समेत एक ठाउबाट अर्को ठाउमा जान प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै होटल तथा रेस्टुरेन्टलाई आधा क्षमतामा संचालन गर्न सकिने बताइएको छ ।
स्पेन सरकारले एक लाख जनसख्यामा ५ सय भन्दा बढी संक्रमित भएको क्षेत्रमा आंशिक लकडाउन घोषणा गरेको थियो ।
स्पेनमा अहिलेसम्म ८ लाख ९० हजार संक्रमित भएका छन् भने ३२ हजार ९२९ को ज्यान गएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ५ हजार ९८६ संक्रमित थपिएका छन् भने २४१ जनाको मृत्यु भएको छ ।
