धनगढी २३ असोज । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुरण सिंह बिसी माथी हातपात भएको छ । वडामा खानेपानी आयोजना निर्माणका लागि समिती गठन गर्ने क्रममा केही ब्यक्तीहरुले आफुलाई हातपात गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएका छन ।
खानेपानी समिती गठन गर्ने क्रममा दुई प्यानल निर्माण भएको र आफुहरु त्यसमा सहजीकरण गरिरहेका बेला ४र५ जनाको समुहले हातपात तथा गालीगलौज गरेको वडाध्यक्ष बिसीको भनाई रहेको छ । तर यता हातपातमा संलग्न रहेका भनिएकाहरुले भने आफुहरुले हातपात तथा गालीगलौज नगरेको बताएका छन । वडाध्यक्षले खानेपानी समितीमा आफु अनुकुलको प्यानलाई ल्याउन खोजेको र एकलौटी रुपमा समिती घोषणा समेत गरिसकेकाले त्यसको बिरोध गरिएको उनीहरुको भनाई छ ।
माईनेटिङको रजिस्टर खोस्ने क्रममा मधुकर सिजापतीको सर्ट च्यातिएको तर हातपात भने नभएको उनीहरुले दाबि गरेका छन । तर वडाध्यक्ष पक्षले भने आफु लगायत सिजापती माथी हातपात नै भएको भन्दै कार्वाहीको माग गर्न प्रहरीमा पुगेका छन ।