धनगढी, २२ असोज/ कैलालीको ईलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी प्रमुखको डिएसपी ज्ञान बहादुर बिष्टलाई कोरोना पुष्टी भएको छ ।
सेती प्रयोगशालामा भएको परिक्षणमा आज उनलाई कोरोना देखिएको हो । उनको गत १९ गते स्वाब संकलन गरिएको थियो ।
उनी केही दिन यता बिदामा बस्दै आएका थिए ।
उनको प्रदेश प्रहरी कार्यालय दिपायलमा सरुवा भएको भएपनी नयाँ कमाण्डार नआएकाले उनले नै प्रहरी प्रमुखको काम गर्दै आएका थिए ।
