धनगढी २० असोज । जबर्जस्ती करणीको मुद्दा मिलाउन मिलेमतो गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् ।
बझाङको मष्टा खिकालामा गत १९ साउनमा भएको जबर्जस्ती करणीको मुद्दा गाउँमै मिलोमतो गरेर ढाकछोप गरेको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, धमकला दमाई, पिरु दमाई र गल्फे बोहरा रहेका छन् ।
उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
