• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पाँच वर्षदेखि अन्तरजातीय प्रेम सम्वन्ध, विवाह गर्न नमानेपछि अपराधको बाटोमा

धनगढी, १९ असोज/ कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ४ की २३ वर्षीय पत्रकार निर्मला पहराइले आत्महत्या गरेको भन्न नमिल्ने स्थलगत अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ। क्रियाशिल दलित पत्रकार संघको अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो।

पहराई झुण्डिएको रुख नजिकै छाता र चप्पल भेटिनु, घटनास्थलदेखि २७ मिटर टाढा घडी भेटिनु, घाँटीमा बाँधिएको पासोमा सुर्के गाँठो नभेटिनु, पासो घाँटीमा कस्सिएको नभई एक हात पस्ने खाली ठाउँ हुनु, घडी भेटिएको ठाउँमा निर्मलाको भन्दा अर्को ठूलो पाइलाको डोब हुनु र संगै बोकेको मोबाइल अहिलेसम्म नभेटिनुले घटना हत्यापछि झुण्डयाइएको हुनसक्ने अध्ययनले औल्याएको छ।

क्रियाशिल दलित पत्रकार संघको अध्ययन टोलीले घटनास्थलमै पुगेर स्थलगत अध्ययन गरेको थियो। संघले प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न तथ्यहरुले निर्मलाको आत्महत्या नभइ हत्या भएको हुनसक्ने निष्कर्ष निकाल्दै दोषीमाथि कारवाहीको माग गरेको हो।

उक्त प्रतिवेदन अनुसार पहराई भदौ ३१ गते सोही एफएममा कार्यरत ललित जाग्री र जाग्रीको नयाँ पे्रमिका भनिएकी साउद थरकी युवतीलाई भेट्न जान्छु भन्दै कोठाबाट हिंडेकी थिइन्। सोही दिनदेखि निर्मला वेपत्ता भएकी थिइन्। आफन्त, प्रहरी तथा ललित जाग्रीसहितले खोजी गर्दा असोज २ गते घोडाघोडी नगरापलिका – ५ को जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन्।

खोजीको क्रममा ललितले नै माथिको जंगलतिर खोज्छु भनेको र सोही क्षेत्रमा झुण्डिएको अवस्थामा निर्मला फेला परेकोले घटनामा उनको संलग्नता रहेको निर्मलाका दाइ विशालको दाबी छ। निर्मलाको शव ललितको घरदेखि करिव ४ सय मिटर टाढा भेटिएकोले पनि घटनामा ललितको संलग्नताको संकेत गर्ने अध्ययनमा सहभागीहरुको दावी छ।

प्रतिवेदन अनुसार मृतक निर्मला र जाग्रीबीच लामो समयदेखि पे्रम सम्बन्ध थियो भने ललितले निर्मलाई विवाह गर्न नमानेपछि विवाद बढेको थियो।

प्रहरीले नै अनुसन्धान गर्ने आश्वस्त पारेर उनको शव जलाउन लगाउनु, निर्मलासंग पाँच वर्षदेखि पे्रम सम्वन्धमा रहेका ललितले जातकै कारण उनको पे्रम सम्बन्धबाट टाढा हुँदै जानुले अन्तरजातीय कारणले पे्रम सम्वन्ध अपराधको बाटोमा पुगेको प्रतिवेदनमा उल्लेख छ। घटनापछि स्थानीय प्रहरीले ललित र उनकी पे्रमिकालाई पक्राउ गरेको छ। पत्रकार पहराई कैलाली एफएममा कार्यरत थिईन्।

सोमबार, असोज १९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.