धनगढी, १९ असोज/ नेपाल विद्यार्थी संघ (नेविसंघ) पुर्व अध्यक्ष नैनसिहं महरले नेपाली काँग्रेसमा युवाले जबरजस्त नेतृत्व लिनुपर्ने बेला आएको बताएका छन् । सोमबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महरले महाअधिवेशनबाट युवाले नेतृत्व पाउनुपर्ने बताएका हुन ।
‘अधिकार भन्ने कसैले दिएर हुने कुरा हैन् खोसेर लिने हो, पार्टी भित्र कार्यक्रर्ताको मन जित्ने व्यक्तिले स्वभाविक रुपले नेतृत्व पाउनेछ,उनले भने । त्यसको लागी कुनै गुट उपगुट नभएर स्वतन्त्र रुपले आउनुपर्छ ।’
उनले अहिलेका कोही युवा गुटभन्दा बाहिर नरहेको भन्दै आपत्ति जनाए । नेता महरले नेपाली काँग्रेस मुख्य समस्या गुट उपगुटको रहेको भन्दै यसको अन्त्य गुर्नपर्ने बताए । स्थानिय तहदेखी केन्द्र तहसम्म गुट र समुह स्थापना गर्ने समस्या रहेकोले पार्टीको आचारसंहिता कडाईका साथ लागु गर्नुपर्ने बेला आएको बताए ।
यस्तै नेता महरले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको बताए । कोरोना महामारी, बाढी पहिरो लगायतका अन्य विपदले महामारीको रूप लिँदै गइरहे भन्दै व्यवस्थापनमा सरकार गम्भीर बन्न नसकेको बताए ।
सरकारको लाचारताका कारण कोरोनाको सङ्क्रमण फैलिँदै गएको भन्दै उनले तत्काल परीक्षणको दायरा बढाइनु पर्ने बताए