बझाङ, १८ असोज/ विश्व पशुपन्छी दिवस २०७७ को अवसरममा बझाङमा घाँसको बीउ वितरण गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाको जयपृथ्वी नगरपालिकामा पोषिलो घाँसको बिउ वितरण गरेको हो ।
यस्तै सो अवसरमा पशुपन्छीको हक अधिकार रक्षाको लागी विज्ञ केन्द्रले विभिन्न पोष्टर पम्पलेट र सञ्चार माध्यमबाट सुचना सन्देश प्रसारण गरेको विज्ञ केन्द्र प्रमुख पशुपती नाथले जानकारी दिए ।
पशुपन्छीका पाँच स्वतन्त्रताहरु पशुपन्छीको भोक प्यास मेटाउन पाउने स्वतन्त्रता, आरामदायी ढंगले जिउन पाउने स्वतन्त्रता, दुःख, दर्द, घाईते र रोग लाग्नबाट बाच्न पाउने स्वतन्त्रता र डर, त्रास र तनाबबाट मुक्त रहन पाउने स्वतन्त्रताको सुनिश्चित गर्न सन्देश प्रवाह गरेको उनले बताए ।
“पुशपन्छी प्रति उचित सम्मान, मानव सभ्यताको पहिचान” भन्ने मुल नाराका साथ विश्व पशुपन्छी दिवस २०७७ मनाइएको छ ।


