धनगढी, १६ असोज/ बझाङको बित्थडचिर गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको छ । बिहीबार अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकाले जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गरेको छ ।
बित्थडचिर चिसो हुने स्थान भएकोले जेष्ठ नागरिकलाइ गाउँपालिकाले न्यानो लुगा बितरण गरेको हो । गाउँपालिका उपाध्यक्ष जानकी बोहराको नेतृत्वमा गाउँपालिकाका नौ ओटै वडाका एक सय दुई जना जेष्ठ नागरिकलाइ न्यानो कपडा वितरण गरिएको हो ।
६० वर्ष माथिका जेष्ठ नागरिकलाइ न्यानो कपडमा सिरक वितरण गरिएको उपाध्यक्ष बोहराले बताइन् । उच्च पहाडले घेरिएको बित्थडचिरका बृद्धाबृद्धहरुको लागि न्यानो लुगा बितरण नुमना मात्रै भएको र जेष्ठ नागरिक, महिला र बालवालिकाहरुको लागि गाउँपालिकाले बिशेष कार्यक्रमको प्याकेज सहित काम गर्ने उनले जानकारी दिइन् ।
गाउँपालिकाका जनप्रतिनिधीले घरमै आएर जाडोमा न्यानो लुगा हातैमा थमाइ दिदा बृद्धाबृद्धहरुले निकै हर्षको महसुस गरेका छन् ।


