धनगढी १६ असोज । कैलालीको भजनी प्राथामिक स्वास्थ्य केन्द्रका १५ जना कर्मचारीमा कोरोना पुष्टी भएको छ।
भजनी नगरपालिका अन्तरगतको स्वास्थ्य केन्द्रका कर्मचारीमा कोरोना पुष्टी भएसंगै सेवा समेत बन्द गरिएको छ।
सुरक्षित मातृ शिशु कार्यक्रम बाहेक अन्य सेवा बन्द गरिएको स्वास्थ्य केन्द्रले सूचना प्रकाशन गरि जानकारी दिएको छ। अर्को सूचना नआए सम्मका लागि सेवा बन्द गरिएको हो।
