• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली भन्सारको व्यापार घाटा ९५ अर्ब

कैलाली १६ असोज । सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार कार्यालय कैलाली भन्सारबाट आर्थिक वर्ष ०७७र७८ को साउन र भदौ महिनामा ३ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ व्यापार घाटा देखिएको छ ।

कैलाली भन्सारबाट आव ०७१र७२ देखि चालू आर्थिक वर्षको दुई महिना अर्थात् साउन र भदौ मसान्तसम्म ९५ अर्ब व्यापार घाटा देखिएको हो ।

भन्सार कार्यालय कैलालीले त्रिनगर भन्सार नाका, रतनपुर तथा कञ्चनपुरको बेलौरीसम्म आयात–निर्यात हेर्ने गरेको छ ।

भन्सार कार्यालयका अनुसार साउनमा १ अर्ब ६० करोड ४३ लाख र भदौमा १ अर्ब ९४ करोड ९ लाख रुपैयाँको व्यापार घाटा भएको छ । भन्सार अधिकृत डिल्लीप्रसाद शर्मा पौडेलले चालू आर्थिक वर्षको साउनमा १ अर्ब ६४ करोड र भदौमा २ अर्ब रुपैयाँको मालसामान आयात भएको जानकारी दिए । यस्तै, साउनमा ३ करोड ५७ लाख र ५ करोड ९१ लाख रुपैयाँको मालसामान निर्यात भएको उनले बताए ।

‘निर्यातको तुलनामा आयात बर्षेनि बढ्दै गएपछि यो भन्सार कार्यालयबाट भारतसँगको व्यापार घाटा ६ वर्षमा ९५ अर्ब पुगेको हो’, पौडेलले भने ।

प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सारबाट आव ०७१÷७२ देखि चालू आवको भदौ मसान्तसम्म ९५ अर्ब व्यापार घाटा भएको कार्यालयले बताएको छ । कार्यालयको तथ्यांकअनुसार आव ०७१र७२ देखि ०७७र७८ मा क्रमशः ८ अर्ब ५९ करोड ५१ लाख, १५ अर्ब ३२ करोड ३९ लाख, १२ अर्ब ४२ करोड ४० लाख, १६ अर्ब ६२ करोड २२ लाख, २१ अर्ब ५० करोड र ०७६र७७ को जेठ मसान्तसम्म १८ अर्ब २५ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु भारतबाट आयात भएको छ ।

सोही अवधिमा समग्रमा ३ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु मात्र निर्यात हुँदा भारतसँगको व्यापार घाटा निकै बढी देखिएको भन्सार अधिकृत पौड्यालले बताए ।

यो नाकाबाट चालू आर्थिक वर्षको पहिलो दुई महिनामै साढे ३ अर्ब व्यापार घाटा भएको छ । भन्सार अधिकृत पौडेलका अनुसार बन्दाबन्दीपछि बजार खुलेकाले आयात पनि बढेको छ । पौड्यालले असारदेखि आयात बढेको बताए ।

‘चैत, वैशाख र जेठमा आयात आधाभन्दा कम भएको थियो’, उनले भने, ‘सो अवधिमा राजस्व संकलन पनि आधा घटेको थियो । बन्दाबन्दी खुलेपछि असारदेखि राजस्व संकलनले लक्ष्य भेटेको थियो । जिल्ला भन्सार कार्यालय कैलालीले लक्ष्यभन्दा करिब ५० प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

असारमा लक्ष्य मात्र भेटे पनि साउन र भदौमा त्योभन्दा बढी राजस्व संकलन भएको उनको दाबी छ ।

कैलाली भन्सारका अनुसार साउन र भदौमा क्रमशः ४८ करोड ५२ लाख र ५४ करोड ९७ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार अधिकृत पौडेलले साउनमा ५७ करोड ७२ लाख र भदौमा ६१ करोड २५ लाख राजस्व संकलन भएको जानकारी दिए ।

आयातबाट साउनमा ३७ करोड ७३ लाख भन्सार महसुल, १८ करोड २४ लाख मूल्य अभिवृद्धि कर र १ करोड ७५ लाख अन्तःशुल्क संकलन भएको भन्सार अधिकृत शर्माले बताए । उनले भदौमा ४० करोड ५० लाख भन्सार महसुल, १९ करोड १ लाख मूल्य अभिवृद्धि कर र १ करोड ५३ लाख अन्तःशुल्क संकलन भएको बताए ।

यसैगरी निर्यातबाट साउनमा १ लाख ५३ हजार र भदौमा १ लाख ६० हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । त्रिनगर नाकाबाट रोजिन र टर्पेन्टाइन मात्रै निकासी हुने गरेको छ । बन्दाबन्दीसँगै त्यसको निकासीमा समेत गिरावट आएको भन्सार अधिकृत पौडेलले बताए ।

सो नाकाबाट दैनिक उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स, हार्डवेयर, कस्मेटिक तथा फेन्सी, थान कपडा, पेट्रोलियम, कोइलालगायतका सामग्री आयात हुने गरेको छ । बन्दाबन्दी अवधिमा चामल, गहुँ, मकै, सोयाबिन, आलु, प्याज, कोइला, पेट्रोलियमलगायत अत्यावश्यक सामग्री मात्रै भित्रिएको थियो भने त्यसपछि सबै सामग्री आयात हुन थालेको छ ।

शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.