धनगढी१५ असोज । धनगढीमा भएको परीक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर २, ३, ४ र ५ का एकरएक जना, गौरीगंगा नगरपालिका वडा नम्वर ११ का एक जना, चुरे गाउँपालिका वडा नम्वर ४ का एक जना, घोडाघोडी नगरपालिकाका दुई जना र भजनी नगरपालिकाका चार जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै कञ्चनपुरको बेलौरीका एक जना, पुनरवासका दुई जना, महाकालीका एक जना, डडेल्धुराको परशुरामका एक जना र डोटीको बडिकेदारका दुई जनामा संक्रमण पुष्टि भएको हो।
