धनगढी१५ असोज । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीकी कोरोना सक्रमितको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्वर १२ की ३० बर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले दिएको जानकारी अनुसार निमोनियाकी बिरामी रहेकी उनी बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी थिईन्।
राति ८ बजे मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको हो । भवानी दल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमान्डमा रहेको सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको छ। तेघरी सामुदायिक वनमा शव व्यवस्थापन गरिएको हो।