धनगढी,१३ असोज। धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ६१ नमुना परीक्षण गर्दा धनगढीका १३ सहित प्रदेशका २८ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार धनगढीका वडा नं. ३ का ८ जना,वडा नं.२ का १,वडा नं. ५का २ वडा नम्बर ८ का १ र वडा नखुलेका धनगढीकै थप १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै लम्कीचुहाका ३ र जानकी गाउँपालिकाका १,मोहन्यालका १ र गोदावरीका २ गरी कैलालीका २० जनामा सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताए ।
कञ्चनपुरका ५,डोटी केआइसिंहका १ र ठेगाना नखुलेका १ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । नयाँ सङ्क्रमितहरूमा २३ पुरुष र ५ महिला छन् ।