धनगढी,१२ असोज
एसओएस वालग्राम धनगढीले दृष्टि फाउन्डेशन धनगढीलाई खानापकाउने भाडाकुडा, खाद्यान्न र फर्निचर सहयोग गरेको छ ।
सहयोग सामाग्री नगरप्रमुख नृपबहादुर वड र एसओएस वालग्रामका योजना निर्देशक पदमबहादुर हमालले संयुक्त रुपमा दृष्टि फाउन्डेशनका संचालक कल्पना भट्टलाई हस्तान्तरण गरेका हुन । एसओएसले कोठथान ५० थान, कचौरा ५० थान, गिलास ५० थान, चम्चा ५० पिस, डाडु पन्यू १ सेट, कराई २ पिस, ठूलो प्रेसरकुकर १ पिस, सानो प्रेसर कुकर १ पिस, डाईनिङ्ग टेबुल कुर्चि १ सेट, स्टिल जग ४ पिस, प्लेट ५० वटा, चाम, २ क्वीन्टल, दाल मसुरो २५ किलो, दाल मास २१ किलो र तोरीको तेल ३२ प्याकेट हस्तान्तरण गरेको हो ।
नगरप्रमुख वडले धनगढीलाई सडक मानवमुक्त शहर बनाउनले अभियानमा दृष्टि फाउन्डेशनको ठूलो योगदान भएको बताए । उनले भने, एसओएस वालग्राम आफै मनकारीहरुको सहयोगबाट संस्था हो उसैले असाहायहरुका लागि सहयोग गरेको छ । दृष्टि फाउन्डेशनका संचालक कल्पना भट्टले धनगढी उप–महानगरपालिका लगायत मनकारीहरुको सहयोग र प्रेरणाबाट दृष्टि फाउन्डेशन संचालन गरिएको बताईन । कार्यक्रम एसओएस वालग्रामका संयोजक रमेश भण्डारीले संचालन गरेका थिए ।